बाँस्कोटाकाे प्रश्न : भैँसी पूजा र होली वाइन समारोह आयोजना गर्नेले जलारी र राम मन्दिरको विरोध किन गर्ने ?
फाइल तस्बिर

नेकपा एमालेका नेता तथा पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले छुवाछुत व्यक्तिमा रहेको गलत मनोवैज्ञानिक समस्या भएको भन्दै हिन्दु संस्कृतिको अंग नभएको बताएका छन् । 

बाँस्कोटाले सामाजिक सञ्जालमार्फत छुवाछुत व्यक्तिमा रहेको गलत मनोवैज्ञानिक समस्या भएको बताएका हुन् । उनले छुवाछुत हिन्दु संस्कृतिको अंग नभएको प्रष्ट्याएका हुन् । 

व्यक्ति र धर्म संस्कृति एक आपसमा जोडिएको भन्दै बाँस्कोटाले भैँसी पूजा र होली वाइन समारोह आयोजना गर्नेले जलारी र राम मन्दिरको विरोध किन गरेको भन्दै प्रश्न गरे । 

बाँस्कोटाको प्रश्न छ, ‘थिएन भने भैँसी पूजा र होली वाइन समारोह किन आयोजना गरिए ? जलारी र राम मन्दिरको विरोध चाहिँ किन ? युरोप अमेरिकामा चर्च र राज्य मात्र छुट्याइएको हो ।’

लुकेर चिना हेराउनेहरुले अहिले जात धर्मको गलत व्याख्या गरेर फुटाली लाएको बाँस्कोटाले बताए । उनले भने, ‘छुवाछुत व्यक्तिमा रहेको गलत मनोवैज्ञानिक समस्या हो, हिन्दु संस्कृतिको अंग होइन । लुकेर चिना हेराउनी, फुटानी लाउने ।’





  • प्रकाशित मिति : साउन ३१, २०७८ आइतबार १२:२७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया