बाह्रखरी कथा प्रतियोगिता-२०७८ हुने

नेपाली साहित्य क्षेत्रको सबैभन्दा ठूलो कथा लेखन प्रतियोगिता ‘बाह्रखरी कथा प्रतियोगिता-२०७८’ घोषणा गरिएको छ । 

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ‘बाह्रखरी कथा प्रतियोगिता–२०७८’ को घोषणा गरिएको हो । बाह्रखरी बुक्सले आयोजना गरेको सो कथा प्रतियोगितामा सहभागिता जनाउनका लागि कथाकारहरुलाई २०७८ साल भदौ ३१ गतेभित्र बाह्रखरी कथाको इमेलमा कथा पठाउन र संसारभर रहेका नेपाली कथा लेखकलाई भाग लिन आव्हान गरिएको छ । 

बाह्रखरी मिडियाका कार्यकारी सम्पादक गोविन्द अधिकारीले कथाकारहरुलाई कथा लेख्ने उत्साह र प्रेरणा दिने उद्देश्यसाथ कथा प्रतियोगिता आयोजना गरिएको बताए । उनले उत्कृष्ट कथाहरुलाई पुरस्कृत गर्नुका अलावा कथाहरु समेटेर किताब निकाल्ने पनि बताए । 

कथा प्रतियोगिताको नतिजा २०७८ मंसिर ३ गते विशेष कार्यक्रमबीच सार्वजनिक गरिने जनाइएको छ । प्रतियोगितामा प्रथम हुने कथालाई १ लाख रुपैयाँ पुरस्कार घोषणा गरिएको छ । 

उत्कृष्ट तीनसहित अन्य उत्कृष्ट २५ जनाभित्र पर्ने अन्य २२ जना कथाकारलाई पनि  जनही पाँच हजार रुपैयाँका दरले पुरस्कृत गरिने बाह्रखरी मिडियाका कार्यकारी सम्पादक अधिकारीले बताए । 

कथा कम्तीमा १५ सय शब्द र बढीमा ४ हजार शब्दसम्मको हुनुपर्ने जनाइएको छ । कथा [email protected][email protected] ​ मा पठाउन बाह्रखरी बुक्सले आग्रह गरेको छ ।



सर्त तथा नियम

–कथा नेपाली भाषामा लेखिएको हुनुपर्नेछ ।
–अघिल्लो वर्षमा प्रतियोगिताका लागि प्राप्त कथा दोहोर्याएर पठाउन पाइने छैन ।
–कथा अप्रकाशित र अप्रसारित हुनुपर्नेछ र प्रतियोगिताको नतिजा सार्वजनिक नहुन्जेल कतै प्रकाशन तथा प्रसारण गर्न पाइने छैन ।
–छनोटमा परेका कथा अन्य माध्यममा प्रकाशन वा प्रसारण भएको पाइएमा पुरस्कार निलम्बन गरिनेछ ।
–‘बाह्रखरी कथा प्रतियोगितामा’ भाग लिने उद्देश्यले पठाइएका कथा पुस्तकका रुपमा प्रकाशन भइसकेपछि अन्यत्र प्रकाशन वा प्रशारण गर्न ‘बाह्रखरी बुक्स’को पूर्वस्वीकृति अनिवार्य छ ।
– कथा कम्तिमा १५०० शब्द र बढीमा ४००० शब्दसम्मको हुनुपर्नेछ । 
– भदौ ३१ पछि प्राप्त कथालाई प्रतियोगितामा समावेश गरिनेछैन ।
–प्रतियोगीले कथासँगै आफ्नो परिचय, सम्पर्क नम्बर र हालसालै खिचिएको फोटो अनिवार्य पठाउनु पर्नेछ ।
–प्रतियोगिताका लागि छानिएका कथाकारलाई ‘बाह्रखरी बुक्स’ले इमेल तथा फोनमार्फत सम्पर्क गर्नेछ ।



  • प्रकाशित मिति : साउन ३१, २०७८ आइतबार १७:४२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया