यथास्थितिमै रुमल्लिइरहने हो भने माओवादीको औचित्य छैन : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले यथास्थितिमै रुमल्लिइरहने हो भने माओवादी पार्टीको औचित्य नरहने बताएका छन् । आइतबार केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले अरु बुर्जुवा प्रतिक्रियावादीभन्दा माओवादी पार्टी फरक नदेखिएको बताए ।

‘अहिले गरिरहेको कामलाई नै निरन्तता दिने हो यो पार्टीको काम नभएको उल्लेख गर्दै उनले भने, ‘विश्वमा कम्युनिस्ट पार्टीहरू पतन भए । गोर्भाचोभ देखियो, येल्तसिन पनि देखियो, वर्गप्रति, सिद्धान्तप्रति इमानदार नहुनुभन्दा पार्टीकै विघटन गरेर, अध्ययन–अनुसन्धानमा लाग्नु वा किताब लेखेर बस्नु बढी इमान्दारी हुन्छ ।’

माओवादीसँग अबको क्रान्तिको नेतृत्व गर्ने तागत रहेको र आगामी निर्वाचनमा पहिलो पार्टी भएर देखाउने प्रचण्डले दाबी गरे । उनले भने, ‘अबको चुनावमा हामी एक नम्बर हुन्छौँ । हेर्नुहोला, पहिला पनि त्यति पत्याउँदैनथे, हामी एक नम्बर भयौँ ।’

बैठकको सुरुमा प्रचण्डले आठ पेज लामो राजनीतिक प्रतिवेदन पेस गरेका थिए । सो राजनीतिक प्रतिवेदन विचारको भ्रूण रहेको दाबी गर्दै उनले आगामी राष्ट्रिय सम्मेलनसम्म बहसका लागि यसले आधार तयार पारेको बताए ।





  • प्रकाशित मिति : साउन ३१, २०७८ आइतबार १७:५८:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया