अफगानिस्तानका गृहमन्त्रीले गरे आत्मसमर्पण, भने– शान्तिपूर्ण ढंगले सत्ता हस्तान्तरण हुन्छ
फरकधार / ३१ साउन, २०७८

अफगानिस्तानका गृहमन्त्री अब्दुल सत्तार मिर्जाक्वानले तालिबानलाई शान्तिपूर्ण ढंगले सत्ता हस्तान्तरण हुने बताएका छन्। 



तालिबान समूहले राजधानी काबुललाई चारैतिरबाट घेराबन्दी गरेपछि गृहमन्त्री अब्दुलले सङ्क्रमणकालीन सरकारका लागि शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्ने बताएका हुन् ।   

तालिबान लडाकुहरूले अफगानिस्तानको राजधानी काबुलको चारैतिरबाट घेराउ गरेर सो सहरलाई आफ्नो नियन्त्रणमा लिएका छन् । 



तालिबान समूहले काबुलमा हिंसा नगर्न र त्यहाँबाट बाहिरिन चाहनेलाई सुरक्षित रूपमा बाहिर जान दिने नीति लिएको छ । 



तालिबानले आफ्ना लडाकुलाई काबुलको गेटमा रोकेको वक्तव्य जारी गरेको अन्तराष्ट्रिय समाचार संस्थाले जनाएका छन् । 

  • प्रकाशित मिति : साउन ३१, २०७८ आइतबार १९:५३:३,   अन्तिम अपडेट : साउन ३१, २०७८ आइतबार १९:५५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया