एमसिसीबारे प्रचण्ड : देश विकास हुन्छ भने त्यस्तो सहयोग लिन आपत्ति छैन

सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौतालाई सत्तारुढ गठबन्धनभित्र खेल्ने हतियारका रूपमा प्रयोग गर्न खोजिएको आरोप लगाएका छन् । 

आइतबार पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले विदेशी सहयोगबाट देशमा विकास हुन्छ त्यस्तो सहयोग लिन आपत्ति नहुने बताए । यसप्रति कुनै प्रकारको उग्र टिप्पणी नगर्न पनि उनले केन्द्रीय सदस्यहरूलाई आग्रह गरे । 

अधिकांश केन्द्रीय सदस्यले एमसिसीबारे पार्टीको धारणा स्पष्ट पार्न आग्रह गरेपछि जवाफमा दाहालले यस्तो बताएका हुन् । ‘एमसिसीप्रति पार्टीको धारणामा केही परिवर्तन नआएको भन्दै उनले यसप्रति उग्र टिप्पणी नगर्न आग्रह गरेका हुन् ।  

बैठकमा केन्द्रीय सदस्यहरूले यसप्रति पार्टीको समान धारणा बनाउन अध्यक्षसमक्ष आग्रह गरेका थिए । पार्टीका शीर्ष नेताबीच नै एमसिसीबारे मतभेद देखिँदा तल्लो तहमा नराम्रो सन्देश गएको उनीहरुको भनाइ थियो । 





  • प्रकाशित मिति : साउन ३१, २०७८ आइतबार २१:२३:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया