स्पेनिस ला-लिगा फुटबलमा बार्सिलाेनाले विजयी सुरुवात गरेकाे छ ।
आइतबार राति रियल साेसिडाडलाई ४-२ गाेल अन्तरले पराजित गरी बार्सिलाेनाले विजयी सुरुवात गरेकाे हाे ।
बार्सिलाेनाकाे घरेलु मैदानमा भएकाे खेलमा मार्टिन ब्रेथवेटले दुई गाेल गर्दा जेरार्ड पिके र सेर्जी राेबर्टाेले एक-एक गाेल गरे ।
साेसिडाडका जुलेन लाेबेटे र मिकेल ओयार्जाबलले एक-एक गाेल फर्काए ।
खेलमा जित हासिल गरेसँगै बार्सिलाेनाले महत्वपूर्ण तीन अंक जाेडेकाे छ।
ला-लिगाकै अर्काे खेलमा साबिक विजेता एथ्लेटिको मड्रिडले पनि विजयी सुरुवात गरेको छ । एथ्लेटिको मड्रिडले सेल्टा भिगाेमाथि २–१ ले जित निकाली विजयी सुरुवात गरेकाे हाे ।
एथ्लेटिकोका लागि दुवै गोल एन्जल कोरेयाले गरे । सेल्टाका इयागो आसपासले पेनाल्टीमार्फत गोल गरेका थिए ।
खेलमा जित निकालेसँगै एथ्लेटिकाेले महत्वपूर्ण तीन अंक जाेडेकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।