नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौताबारे आफ्ना धारणा फेरेका छन् । शनिबार र आइतबार बसेको दुई दिने केन्द्रीय कमिटी बैठकमा उनले एमसिसीबारे आफ्नो धारणा राखेका हुन् ।
बैठकमा केन्द्रीय सदस्यहरुले प्रचण्डलाई एमसिसीबारे धारणा प्रष्ट रुपमा आउनु पर्ने माग गरेका थिए ।
यो माग आएपछि प्रचण्डले एमसिसीको विषय बनाएर सत्तारुढ गठबन्धनमा खेल्न खोजिएको पनि बताएका छन् ।
उनले एमसिसीलाई हतियारका रुपमा गठबन्धन तोड्न खोजिएको भन्दै नेता तथा कार्यकर्तालाई एमसिसीबारे उग्र भएर प्रस्तुत हुन र आलोचना पनि नगर्न निर्देशन दिएका छन् ।
उनले एमसिसी पारित गर्नै हुन्न भन्ने पक्षमा आफू नभएको भन्दै यसलाई परिमार्जन गरेर अगाडि बढ्नु पर्ने पनि बताएका छन् । परिमार्जनका लागि यसअघिको नेकपाले यसबारे अध्ययन गर्न बनेको कार्यदलले दिएको सुझावलाई आधार मान्न सकिने पनि उनले बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।