रजनीको 'उल्झन' युट्युब रिलिज

कोरोना महामारीका कारण देशभरका हल बन्द छन । निर्माण भएर थुप्रै चलचित्र थन्किएर बसेका छन् । कहिले हल खुल्ने र रिलिज हुने कुनै टुङ्गो छैन । त्यसैले सानो लगानीमा बनेका चलचित्रहरू युट्युब रिलिज हुन थालेका छन् ।

यसैक्रममा चलचित्र ‘उल्झन’ युट्युबबाट रिलिज गरिएको छ । यो चलचित्र म्युजिक नेपाल मुभिजको युट्युब च्यानलबाट रिलिज गरिएको हो । आशुतोष फिल्मको ब्यानरमा निर्माण भएको चलचित्रले युट्युबमा ठिकै प्रतिक्रिया पाइरहेको छ ।

राजु अधिकारीले निर्देशन गरेको चलचित्रमा नवीन अधिकारी र हरि कार्कीले संयुक्त रूपमा लगानी गरेका छन् । चलचित्रमा  ध्रुव दत्त, रजनी केसी, रामचन्द्र अधिकारी, ऐनी विष्ट, बेनी ढुंगाना, दीपक ढकाल लगायतका कलाकारले शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।





  • प्रकाशित मिति : साउन ३२, २०७८ साेमबार ११:१७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया