प्रदेश २ मा प्रदेश प्रमुख : अहिराज गए मिश्र आए

सरकारले प्रदेश २ को प्रदेश प्रमुख परिवर्तन गरेको छ । यसअघिका प्रदेश प्रमुख राजेश झा अहिराज हटाइएका छन् । प्रदेश २ को प्रदेश प्रमुखमा पूर्व सांसदसमेत रहेका नेपाली कांग्रेसका नेता हरिशंकर मिश्र नियुक्त भएका छन् ।

सोमबारको मन्त्रिपरिषद बैठकले अहिराजलाई हटाएर मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको हो । मिश्रलाई नियुक्त गर्नका लागि मन्त्रिपरिषद्ले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरिसकेको छ । 

महोत्तरीको पिपरा गाउँपालिका स्थायी घर भएका मिश्र नेपाली काँग्रेसका प्रभावशाली नेता स्वर्गीय रामनारायण मिश्रका छोरा हुन् ।
 मिश्र नेपाली काँग्रेसबाट सांसदमा समेत निर्वाचित भएका थिए ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले तिलक परियारलाई बर्खास्त गरेर राजेश झा अहिराजलाई गत फागुन ७ गते प्रदेश प्रमुखमा नियुक्त गरेको थियो । 

प्रदेश प्रमुख राजेश झा अहिराजले नवनियुक्त प्रदेश प्रमुख मिश्रलाई सफल कार्यकालको शुभकामना दिएका छन् । 

आफूलाई प्रदेश प्रमुखको रुपमा काम गर्ने अवसर दिएकोमा सरकारलाई धन्यवाद ज्ञापन गरेका छन् । 



साथै कार्यकाल अवधिभर नागरिकसँग बस्ने मौका पाएकोमा प्रदेशका हरेक नागरिकप्रति समेत उनले आभार व्यक्त गरेका छन्। 



  • प्रकाशित मिति : साउन ३२, २०७८ साेमबार १३:५४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया