विश्वभर कोरोना भाइरसबाट ४३ लाख ७० हजारकाे मृत्यु

कोरोना भाइरसको सन्त्रास सारा संसारभर व्याप्त छ । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट फैलिएको भाइरसका अनेकन भेरियन्ट देखा परेका छन् । भाइरसले रोकिने नाम लिएको छैन । 

जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार हालसम्म विश्वभर ४३ लाख ७० हजार ४२२ जना संक्रमितले ज्यान गुमाइसकेका छन् भने २० करोड ७७ लाख ९५ हजार ३३ जनामा संक्रमण पुष्टि भइसकेको छ । 

भाइरसबाट सबैभन्दा धेरै प्रभावित मुलुक हो-अमेरिका । अमेरिकामा हालसम्म ६ लाख २२ हजार २९० जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

अमेरिकापछि ब्राजिलमा ज्यान गुमाउनेको संख्या धेरै छ । ब्राजिलमा हालसम्म ५ लाख ६९ हजार ४९२ जनाले ज्यान गुमाइसकेका छन् । 

छिमेकी मुलुक भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा छ । भारतमा हालसम्म ४ लाख ३१ हजार ६४२ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

यसैगरी मेक्सिकोमा २ लाख ४८ हजार ३८०, पेरुमा १ लाख ९७ हजार ३९३, रुसमा १ लाख ६८ हजार ३८४, बेलायतमा १ लाख ३१ हजार २९६, इटालीमा १ लाख २८ हजार ४५६ र कोलम्बियामा १ लाख २३ हजार ५८० जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।



हालसम्म विश्वभर काेराेना भाइरस विरुद्ध ४ अर्ब ७० कराेड ३५ लाख २९ हजार ८२२ डाेज भ्याक्सिन लगाइसकिएकाे छ ।



  • प्रकाशित मिति : भदौ १, २०७८ मंगलबार ७:२८:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया