विभाजन होइन, एकताको पक्षमा जुटौँः ठाकुर गैरे

विभाजनको मोडमा पुगेको नेकपा एमालेको विभाजन रोक्न एमाले युवा नेताहरुले विभिन्न फोरममा आवाज उठाइरहेका छन् । यहीबीच फरकधारसँग कुराकानी गर्दै नेकपा एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले कुनै पनि हालतमा पार्टी विभाजन गर्न नहुने बताएका छन् ।

‘पार्टी विभाजित हुँदा देश, जनता र हामीले हिजो गरेको आन्दोलन केहीलाई पनि फाइदा हुँदैन,’ गैरेले भने, ‘अहिले हामी जुन मोडमा उभिएका छौँ, यसले देशभर पार्टी र यो व्यवस्थाप्रति अनेक आशंका जन्माएका छन् । एमालेको सम्भावित विभाजन तत्काल रोकिनु पर्छ र मिलेर अगाडि बढ्नु पर्छ ।’

पार्टी विभाजन हुँदा देशको व्यवस्थामासमेत असर पर्न सक्ने वा प्रभाव पर्न सक्ने गैरेले बताए ।

‘हामी समाजवादका लागि आवाज उठाइरहेका छौँ,’ गैरेले भने, ‘समाजवादको यात्रा तय गर्न पार्टीहरु थप एक हुनु पर्छ, बलियो हुनुपर्छ र जुटेर अगाडि बढ्नु पर्छ ।’
उनले समाजवादको लक्ष्य भेट्याउन पनि अहिले एमाले विभाजन रोकिनु पर्ने बताएका छन् ।

पछिल्लो समय नेकपा एमालेमा देखिएको विवादले यो पार्टी विभाजन हुने मोडमा पुगेको छ । सरकारले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गरेर राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको चर्चा चुलिएको छ । यो अध्यादेश एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी विभाजनका लागि सहज बनाउन ल्याउन लागिएको बताइएको छ ।





  • प्रकाशित मिति : भदौ १, २०७८ मंगलबार १०:६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया