बागमती प्रदेशकाे प्रदेशसभा बैठक आज बस्दै

बागमती प्रदेशकाे प्रदेशसभा बैठक आज बस्ने भएकाे छ ।

आठौँ अधिवेशनको २२ औँ बैठक दिउँसाे २ बजे बस्नेछ । 

प्रदेशकाे चालू वर्ष २०७८/२०७९ काे नीति, कार्यक्रम तथा बजेट पास भएपछि पहिलाे पटक बैठक बस्न लागेकाे प्रदेससभा सचिवालयले जनाएकाे छ ।  

आज प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र पढेर सुनाउने र प्रदेश सभा नियमावली प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रदेशसभामा केही प्रदेश ऐन संशोधन गर्ने विधेयक र प्रदेशसभा नियमावली संशोधन दर्ता भए पनि आजकाे बैठकमा पेस नहुने बताइएकाे छ ।
 





  • प्रकाशित मिति : भदौ १, २०७८ मंगलबार १०:१४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया