राष्ट्रपतिद्वारा प्रदेश-२ को प्रमुखमा हरिशंकर मिश्र नियुक्त

प्रदेश- २ को प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् । 

गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले मिश्रलाई प्रदेश-२ को प्रमुखमा नियुक्त गर्नका लागि सिफारिस गरेको थियो । 

सोही सिफारिस अनुसार राष्ट्रपति भण्डारीले नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा संविधानको धारा १६३ को उपधारा २ बमोजिम राष्ट्रपतिले मिश्रलाई नियुक्त गरेको जनाइएको छ ।





  • प्रकाशित मिति : भदौ १, २०७८ मंगलबार १२:१०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया