सिम्रौनगढ-८ का वडाध्यक्ष जयसवालको निधन

बारामा एक वडाध्यक्षको निधन भएको छ ।

मंगलबार बिहान जिल्लाकाे सिम्रौनगढ नगरपालिका वडा नम्बर-८ का वडाध्यक्ष दामोदर जयसवालको उपचारको क्रममा निधन भएको हो ।

५२ वर्षीय जयसवालको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचार चलिरहेको  थियो । उपचारकै क्रममा ब्रेन हेमरेज हुँदा उनको निधन भएको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोपाल ठाकुरले जानकारी दिए ।

जयसवाल नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

जयसवालका २ छोरा, एक छोरी र श्रीमती छन् ।





  • प्रकाशित मिति : भदौ १, २०७८ मंगलबार १२:४६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया