महन्थ ठाकुरलगायत नेताहरुले भेटे प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा र जसपाका नेता महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । 

उनीहरुबीच आज बालुवाटारमा भेट भएको हो । यो भेटघाटका लागि ठाकुर आफू पक्षधर नेताहरु लिएर बालुवाटार पुगेका थिए । 

यसअघि ३ साउनमा अन्तिम समयमा देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिएका ठाकुर पक्षधरले त्यति बेला भएका सम्झौता तथा सहमति कार्यान्वयनका लागि आज भएको भेटमा देउवालाई दबाब दिएका छन् ।

यसका साथसाथै यी नेताहरुबीच सरकारमा सहभागिताको विषयमा पनि छलफल भएको बैठकमा सहभागी एक नेताले बताएका छन् ।

भेटमा ठाकुरसँगै राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ललगायत नेताहरु पनि सहभागी थिए ।





  • प्रकाशित मिति : भदौ १, २०७८ मंगलबार १३:२३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया