अध्यादेशप्रति योगेशको टिप्पणी : संविधानलाई धराशायी पार्ने सुनियोजित षड्यन्त्र

नेकपा एमालेका युवा नेता योगेश भट्टराईले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशप्रति विरोध जनाएका छन् । मंगलबार सरकारले अध्यादेश ल्याएपछि उनले कडा टिप्पणी गरेका हुन् ।  

उनले राजनीतिक दल विभाजनलाई सजिलो हुने गरी अध्यादेश जारी गर्नु मुलुकलाई घोर अस्थिरता र अराजकतातिर धकेलेर व्यवस्था र संविधानलाई धराशायी पार्ने सुनियोजित षड्यन्त्र भएको बताएका छन् । 

‘यो कदम हिजो पनि गलत थियो, आज पनि गलत छ र भोलि पनि गलत नै हुनेछ,’ उनले लेखेका छन्, विगतको फोहोरी राजनीतिक अभ्यासका दुस्परिणामबाट शिक्षा नलिनु र पुरानै गल्ती दोहोर्याउनु समकालीन नेतृत्वको घोर असफलता हो ।’ 

योगेशले यो अध्यादेश विनासर्त फिर्ता लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । केपी ओली र माधव नेपालले मुलुक र भावी पुस्ताको भविष्यलाई सम्झेर केही कदम पछि हटेर त्यागका साथ सम्झौता गर्नुपर्ने उनले सुझाब दिएका छन् । 

उनले आमाको दुःखद् निधनको शोकमा बसिरहेको बेलामा कुनै राजनीतिक टिप्पणी गर्ने इच्छा नहुँदा नहुँदै पनि संगीन परिस्थितिका कारण टिप्पणी गरेको बताएका छन् । 





  • प्रकाशित मिति : भदौ १, २०७८ मंगलबार १७:५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया