माधव नेपालको सन्देश लिएर निर्णायक वार्ताका लागि घनश्याम भुसाल बालकोट पुगे

एमाले विवाद उत्कर्षमा पुगेका बेला उपमहासचिव घनश्याम भुसाल अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक वार्ताका लागि उनको निवास बालकोट पुगेका छन् । 

भुसाल एमालेको विवाद समाधान कार्यदलमा माधव नेपाल पक्षबाट सदस्य थिए । उनीसहित कार्यदलका केही नेताहरु सकेसम्म एमले विभाजन हुन नदिने कसरतमा लागेका छन् । 

सोही बमोजिम भुसाल ओलीसँग छलफल गर्न बालकोट पुगेका हुन् । यसअघि उनले माधव नेपालसँग बानेश्वरमा छलफल गरेका थिए । 

अन्तिम समयमा केही चमत्कार हुन्छ कि भनेर अध्यक्षसँग परामर्श गर्न भुसाल बालकोट गएको नेपाल पक्षले बताएको छ । 

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि विपक्षी दल एमालेको राजनीति तरंगित बनेको छ । 

ओलीले नेपाल पक्षका १४ सांसदलाई पदबाट हटाउन सिफारिस गर्दै संसद सचिवालयमा पत्र पठाएका छन् । नेपाल पक्ष पनि समूहगत छलफलमा व्यस्त छ । 
 





  • प्रकाशित मिति : भदौ १, २०७८ मंगलबार १७:५८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया