तालिबानको पहिलो पत्रकार सम्मेलनः महिलाका कुरादेखि अब कोही दुश्मन नभएको दाबीसम्म

अफगानिस्तानमा दोस्रो पटक आफ्नो सत्ता बनाउने तयारी गरेको तालिबानले पहिलो पत्रकार सम्मेलन गरेको छ । मंगलबार काबुलमा गरिएको पत्रकार सम्मेलनमा तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पत्रकारका प्रश्नको जवाफ पनि दिएका थिए ।

उनले भनेका छन्, ‘२० वर्षको संघर्षपछि हामीले देशलाई स्वतन्त्र बनाएका छौँ, हामीले विदेशीहरुलाई देशबाट बाहिर निकालेका छौँ र यो पूरै देशका लागि गौरवको कुरा हो ।’

यही पत्रकार सम्मेलनमा उनले आफूहरुले कसैलाई पनि नोक्सान नगर्ने पनि बताएका छन् । उनले विश्व समुदायले यो विषयलाई निकै गम्भीर भएर लिनु पर्ने पनि बताएका छन् । 

त्यस्तै, उनले शरिया कानुनअनुसार नै महिलाको हक सुनिश्चित गरिने पनि बताएका छन् ।

‘शरिया व्यवस्थाअनुसार हामी महिलाहरुको हकअधिकारको तय गर्न प्रतिबद्ध छौँ,’ उनले भनेका छन्, ‘अन्तर्राष्ट्रिय समुदाय कोहीसँग पनि हामी भेदभाव गर्ने छैनौँ ।’

उनले पत्रकार सम्मेलनमा अब अफगानिस्तानमा कुनै युद्ध बाँकी नभएको पनि बताएका छन् ।





  • प्रकाशित मिति : भदौ १, २०७८ मंगलबार २१:५५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया