निर्मला पन्त हत्या प्रकरण: प्रतिवेदन सार्वजनिक

काठमाडाैं– कञ्चनपुरकी बालिका निर्मला पन्तकाे बलात्कार पछि भएकाे हत्या प्रकरण छानबिन गर्न बनेकाे उच्च स्तरीय छानबिन समितिले तयार पारेकाे अनुसन्धान प्रतिवेदन सार्वजनिक भएकाे छ ।

गृहमन्त्रालयले मन्त्रालयकाे वेबसाइटमार्फत् प्रतिवेदन सार्वजनिक गरेकाे हाे । प्रतिवेदनले तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्ट र बम दिदीबहिनीमाथि थप छानबिन गर्नु पर्ने निष्कर्ष निकालेकाे छ । 

१० साउनमा साथी राेशनी बमकाे घरमा गृहकार्य गर्न गएकी निर्मलाकाे शव भाेलिपल्ट नजिकैकाे उखुबारीमा भेटिएकाे थियाे । प्रहरीले सुरुमा स्थानीय दिलिप सिंहलाई अभियुक्तका रुपमा प्रस्तुत गर्याे । तर, दिलिप वास्तविक दाेषी नभएकाे भन्दै स्थानीय अान्दाेलित बनेपछि सरकारले तत्तकालिन प्रहरी प्रमुख डिल्लीराज विष्टलाई निलम्बन गरि छानबिन समिति बनाएकाे थियाे । 

त्यसपछि गृह मन्त्रालयले कारागार व्यवस्थापन विभागका महानिर्देशक मैनालीको नेतृत्वमा छानविन समिति बनायाे ।

समितिको प्रारम्भिक प्रतिवेदनका अनुसार ३० भदौमा प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटी र अङ्गुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट र एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरिएको थियो ।  

तर अहिलेसम्म निर्मलाका हत्यारा फेला पर्न सकेका छैनन् । 



पछिल्लाे समितिले गरेकाे छानबिन प्रतिवेदन गृहले गुपचुप राख्न खाेजेकाे अाराेप लागेपछि अाइतबार अबेर साँझ प्रतिवेदन सार्वजनिक भएकाे हाे । गृहले सार्वजनिक गरेकाे प्रतिवेदनकाे पूर्ण पाठ:

 



हेर्नुहाेस्, प्रतिवेदनकाे पूर्ण पाठ:

 

  • प्रकाशित मिति : असोज २१, २०७५ आइतबार २०:५१:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया