नेपाली कांग्रेसका नेता गगन थापाले पनि प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा आएको राजनीतिक दल विभाजनमा सहज हुने अध्यादेशको विरोध गरेका छन् ।
सामाजिक सन्जाल ट्विटरमा लेख्दै गगनले विरोध गरेका हुन् ।
संसद अधिवेशन अन्त्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत भएको थापाको ठहर छ ।
‘हिजो गलत, आज गलत, सधैं गलत, जसले गरे पनि गलत, हिजो ओलीले ल्याउँदा गलत भन्ने, त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैन÷हुँदैन,’ थापाले ट्विटरमा लेखेका छन्, ‘समर्थन गर्ने भए त्यति बेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नु पर्छ ।’
प्रधानमन्त्री देउवाको नेतृत्वमा राजनीतिक दल विभाजन सहज हुने गरि अध्यादेश ल्याइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गर्न बाँकी रहेको यो अध्यादेश अनुसार कुनै पनि दलका नेताले संसदीय दल वा केन्द्रीय समितिका २० प्रतिशत सदस्य लिएर नयाँ पार्टी गठन गर्न सक्नेछन् ।
देउवाले अध्यादेश ल्याएपछि कांग्रेसभित्रै यसको विरोध युवा नेताहरुले गरेका छन् ।
यसअघि कांग्रेस नेता शेखर कोइराला, प्रदीप पौडेललगायतले यसको विरोध गरेका छन् । त्यस्तै, सत्ता साझेदार दल जसपाका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि यसको विरोध गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।