बागमती प्रदेश : डोरमणि पौडेलले दिए संसदीय दलको नेताबाट राजीनामा
अष्टलक्ष्मी शाक्यको नाम प्रस्ताव
फरकधार / २ भदौ, २०७८
यो सामग्री सेयर गर्नुहोस्

बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले दलको नेताबाट राजीनामा दिएको र शाक्यलाई दलको नेतामा प्रस्ताव गरेको पोलिटब्युरो सदस्य तथा प्रदेशसभा सांसद अरुण नेपालले फरकधारलाई जानकारी दिए । 



‘मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दलको नेताबाट राजीनामा दिएर आफैँले अष्टलक्ष्मी कमरेडलाई प्रस्ताव गर्नुभएको ब्यहोरा दलको बैठकमा प्रस्तुत गर्नुभयो र त्यो पनि पास भइसकेको छ ।’ नेपालले भने । 



उनका अनुसार शाक्यलाई आजै साँझ वा भोलि बिहानसम्म मुख्यमन्त्री बनाउनेगरी तयारी अघि बढाइएको छ । 



एमाले विभाजनको संघारमा बागमती प्रदेशमा देखिएको यो दृश्यले एमालेको राजनीतिमा नयाँ ट्वीस्ट आएको छ ।







  • प्रकाशित मिति : भदौ २, २०७८ बुधबार १५:५२:३४,   अन्तिम अपडेट : भदौ २, २०७८ बुधबार १६:०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया