काङ्ग्रेस जिल्ला सभापतिसँग फरकधार
युवा र ऊर्जाशील व्यक्तिलाई नेतृत्वमा अघि सार्नुपर्छ

(सम्पादकीय नाेट :१४ औँ महाधिवेशनको काउन्टडाउन सुरु हुँदै गर्दा यतिबेला नेपाली कांग्रेसभित्र राजनीतिक सरगर्मी बढेको छ । पार्टी सभापतिदेखि केन्द्रीय समिति, प्रदेश, जिल्ला हुँदै वडास्तरसम्म यतिबेला कांग्रेसलाई महाधिवेशनले छोपेको छ । 

अब कांग्रेसले पाउने नेतृत्व कस्तो होला ? र, महाधिवेशनपछिको कांग्रेस कस्तो होला ? भन्ने प्रश्न जनमानसमा छ । त्यसो त कांग्रेस केन्द्रीय तहका नेताहरुलाई तल्लो तहका नेताले सुझाब पनि दिइरहेका छन् । 

फरकधारको यो शृंखलामा हामीले कांग्रेसका जिल्ला सभापतिहरुसँग महाधिवेशनपछिको कांग्रेस कस्तो हुनुपर्छ ? र, युवा नेतृत्वको सम्भावना के छ ? भनी सोध्ने छौँ । यसै क्रममा नेपाली कांग्रेस लमजुङ​का सभापति भेषबहादुर पौडेल​​लाई हामीले यो शृंखलामा प्रस्तुत गरेका छौँ । )

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको मुखमा हामी छौँ । मुख्यतः हाम्रो अधिवेशन समयमै हुुनुपर्छ । संविधानबाट मात्रै अहिले थपिएको म्याद हामीसँग भएको बाँकी हो । 

कांग्रेसको विधानअनुसारको समय पनि नाघ्न हुँदैनथ्यो, तर, नाघ्यो । कांग्रेसको विधान पनि मान्नुपथ्र्यो । अहिले कम्तीमा पनि युवा र ऊर्जाशील व्यक्तिलाई पार्टी नेतृत्वमा अघि सार्नुपर्छ । सही एटिच्युड भएका अग्रपंक्तिका नेतालाई नेतृत्वमा अघि सार्नुपर्छ । अहिलेको अवस्थामा मुख्यतः पद र स्वार्थका लागि नलाग्ने नेता नै नेतृत्व कांग्रेसले चाहेको छ । 

युवा नेतृत्वको बहस



महाधिवेशन भइरहँदा सधैँजसो युवा नेतृत्वको बहस चल्छ । युवाको परिपक्वताको कुरा गरिन्छ भने केस र दारी फुलेका मात्र हेरिनुहुन्न । जोसुकैको पनि नेतृत्व र विचारमा परिपक्वता देखिनुपर्यो । युवाका नाममा उच्छृंखल र उद्दण्ड युवालाई पनि ल्याउनुभएन । 

युवा भनेको विचारमा परिपक्व भएको हुनुपर्छ । गर्न सक्ने र गर्छु भन्ने युवा हुँदा उनले गर्न सक्छ भन्ने लाग्छ, मलाई । दाह्री फुलेकै भरमा परिपक्व भएको भन्ने हुँदैन् । 
विचारले परिपक्व हुनुपर्छ । यसको बहस अधिवेशनमा हुनुपर्छ । चुनाव भन्ने कुरा विभिन्न तत्वले प्रभाव पार्छ । त्यसले प्रभाव महाधिवेशनमा पार्नुहुँदैन । 



सशक्त युवाहरु राजनीतिबाट वितृष्णा भएर पलायन भएको अवस्था छ । त्यस्ता क्षमता भएका युवाले राजनीतिलाई फेर्नसक्ने खालको नेतृत्व अबको कांग्रेसले खोज्नुपर्छ । कांग्रेसभित्र विचारको भिजन बोकेका युवाको नेतृत्व आउनुपर्छ । 

परिवारवादको बहस

यो समस्या नेपालका अधिकांश पार्टीमा छ । हाम्रोभन्दा अरुको पार्टीमा अझ धेरै छ । हाम्रोमा पनि अलिक कम छ तर यो समस्या छ । राजनीति गर्दै जाँदा आफन्त नै बढी एक्टिभ हुने हुँदोरहेछ । राजनीतिमा आउनका लागि त्याग आवश्यक छ । 

आफू पोलिटिक्समा लागेको छ भन्दैमा श्रीमती वा छोराछोरीले पनि पाउनैपर्छ भन्ने होइन । तिनको त्याग र क्षमताको मूल्यांकन हुनुपर्छ । नयाँ पुस्तामा यो विषयमा पनि छलफल हुनुपर्छ । 

महाधिवेशन कसरी गर्ने ?

महाधिवेशन गर्नका लागि क्रियाशील सदस्यताको विवाद ‘क्रियटिभ’ समस्या हो । यसअघि १३औँ महाधिवेशनमा  पनि विवाद देखिएका जिल्लालाई छाडेर अधिवेशन गरिएको थियो । अहिले पनि अधिकांश क्रियाशील सदस्यलाई लिएर अधिवेशन गर्न सकिन्छ । 

यो समस्या समाधान गरेर महाधिवेशन गर्न सकिन्छ । क्रियाशीलको विवाद ठूलो बनाएर राख्नुपर्ने विवाद होइन । पार्टीभित्रै विभिन्न नेताको स्वार्थका कारण यी सबै समस्या आएका हुन् । चाहेको खण्डमा जतिबेलै पनि गर्न सकिन्छ । जतिबेला नेताहरुको चित्त बुझ्छ, त्यतिबेला गर्नुहुन्छ । 

यतिबेला नेपाली कांग्रेस थप जिम्मेवार बन्नुपर्ने बेला हो । यो महाधिवेशनमा ठूलो संख्यामा उपस्थिति हुन सक्दैन । यो प्रतिनिधिमूलक हुन्छ । हरेक प्रदेशमा महाधिवेशन गरेर केन्द्रमा पनि सहज गराउन सकिन्छ । यो जमानामा आएर मान्छे नै उपस्थित भएर नै महाधिवेशन गर्नुपर्छ भन्ने हुँदैन । 

सबै प्रदेशमा केन्द्रको चुनाव हुन्छ र नतिजा जम्मा गरेर सुनाउँदा हुन्छ । यसो हुँदा चलखेल घट्छ र नराम्रो प्रभाव पनि हट्छ । यतिबेला नेतृत्व गम्भीर हुनुपर्ने बेला हो । तर, नेतृत्वमा गम्भीरता पुगेको छैन । 

यही सिरिजमा यसअघि प्रकाशित अन्य जिल्ला सभापतिका यी विचार पनि पढ्नुहाेस्–

राजनीतिमा युवाको आवश्यकता छ, तर पुरानाको त्याग र तपस्यालाई बिर्सन हुँदैन– बारा सभापति

पार्टी ठूलो बनाउने नाममा जुनसुकै आस्थाका मानिसलाई भित्र्याउँदा विचलन आएको छ– रसुवा सभापति

म आह्वान गर्छु : सबै युवा मिलेर नयाँ नेतृत्वका लागि सोचौँ– मोरङ सभापति

क्रियाशीलताको विवाद अन्त्य नभए महाधिवेशनमा भाग लिँदैनौं– कपिलवस्तु सभापति

तेरो र मेरो भनेर क्रियाशीलको फाइल नै खोलिएन– सप्तरी सभापति

परिवारवादको विरोधमा सबै कांग्रेसीजन उभिनुपर्छ-सिरहा​ सभापति

‘भदौमा महाधिवेशन गर्न विधान संशोधन हुनुपर्छ’–गोरखा सभापति

विधान संशोधनका कारण महाधिवेशन हुन सकेन– ओखलढुंगा सभापति

‘अधिवेशन गर्न नसक्नु केन्द्रीय कमिटी र सभापतिको कमजोरी हो’–उदयपुर सभापति

‘वैधानिकता जोगाउनु ठूलो समस्या होइन’–ताप्लेजुङ सभापति

पार्टीमा युवा उमेरको आधारमा होइन, विचारको आधारमा हुनुपर्छ– पाँचथर सभापति

‘उमेरले होइन विचार र दृष्टिकोणले युवा नेतृत्व छान्नुपर्छ’–तेह्रथुम सभापति

‘वंशको आशीर्वाद होइन, कर्मको हिसाबमा नेतृत्व छनोट हुनुपर्छ’– चितवन सभापति

‘१४ औँ अधिवेशनबाटै युवाहरु आउँछन् भन्ने मैले देखेको छैन’– सर्लाही सभापति

‘पाका नेतृत्वसँगै पुस्तान्तरण जरुरी छ’– सिन्धुली सभापति

शेरबहादुरजी, रामचन्द्रजीहरुले धेरै अवसर पाउनुभयो, दोस्रो पुस्तालाई नेतृत्व दिनुपर्ने बेला आएको छ- धनुषा सभापति

‘अर्काको फेरो समाएर नेतृत्वमा पुग्न सकिँदैन’– दोलखा सभापति

पार्टीको वैधानिकताका लागि पनि त्याग गर्न सक्नुपर्छ– रामेछाप सभापति

युवामा क्षमता देखिनुपर्यो, अनि मात्र नेतृत्वमा दाबी गर्नुपर्छ – पर्सा सभापति

चार वर्षमा हुनुपर्ने महाधिवेशन पाँच वर्षमा पनि गर्न नसक्ने यो कस्तो नेतृत्व ?—नुवाकोट सभापति

‘कांग्रेसको इतिहास संरक्षण गर्ने नेतृत्व आवश्यक छ’— काठमाडाै‌ं सभापति

‘हामी संकटपूर्ण महाधिवेशनको मुखमा छौँ’— काभ्रेपलान्चाेक सभापित

‘नयाँ नेतृत्व, नयाँ विचार, नयाँ ढंग, नयाँ कार्यक्रमका साथ कांग्रेस अगाडि बढ्नुपर्छ’— सिन्धुपाल्चाेक सभापति

‘युवाहरुले धारणा नबदल्ने हो भने नेतृत्वमा आउँदैनन्’— भक्तपुर सभापत

 

  • प्रकाशित मिति : भदौ २, २०७८ बुधबार १७:२७:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया