अष्टलक्ष्मी शाक्यले आजै मुख्यमन्त्रीको शपथ लिने
फरकधार / २ भदौ, २०७८

बाग्मती प्रदेशमा एमालेको संसदीय दलकी नेतृ अष्टलक्ष्मी शाक्यले आजै मुख्यमन्त्रीको शपथ लिने भएकी छिन् । 



शपथका लागि बाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईं झापाबाट प्रदेश राजधानी हेटौँडा आउँदै छन् । उनी केही दिनअघि आफ्नो घर झापा गएका थिए । 

प्रदेश प्रमुख प्रसाईं आउनेबितिक्कै पौडेलको राजीनामा स्वीकृत गर्ने र आजै शाक्यलाई मुख्यमन्त्रीमा शपथ गराउने तयारी रहेकाे आन्तरिक मामिला तथा कानुनमन्त्री केशवराज पाण्डेले जानकारी दिए । 



  • प्रकाशित मिति : भदौ २, २०७८ बुधबार १८:१:४२,   अन्तिम अपडेट : भदौ २, २०७८ बुधबार १८:६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया