एमाले फुट्दा सँगसँगै फुटेको नेपाल समूह

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन आयोग पुगेर नयाँ दल नेकपा एमाले समाजवादी दर्ता गराएसँगै उनको समूह पनि दुई समूहमा विभाजित भएको छ ।

यसअघि उनलाई साथ दिँदै आएका नेकपा एमालेका दोस्रो र तेस्रो पुस्ताका नेताहरुले उनको साथ छोडेका छन् ।

यसअघि उनको पक्षमा उभिँदै आएका एमालेका तीन उपाध्यक्ष युवराज ज्ञवाली, भीम रावल र अष्टलक्ष्मी शाक्यले उनको साथ छोडेका छन् ।

यतिमात्र होइन, यसअघि एमालेको स्थायी कमिटीका सदस्यमध्ये दुई जनाले मात्र नेपाललाई साथ दिएका छन् । उनलाई साथ दिएका दुई स्थायी समिति सदस्य हुन्, वेदुराम भुसाल र मुकुन्द न्यौपाने ।

नेकपा एमालेका प्रभावशाली नेताहरु घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, सुरेन्द्र पाण्डे, अमृत बोहोरा, ठाकुर गैरेले चाहिँ नेपालको साथ छोडेका छन् । यी नेताहरुले पार्टीभित्र संघर्ष जारी राखे पनि अलग पार्टी बनाएर अगाडि बढ्न हुने कुरामा सधैं विरोध गरिरहेका थिए ।

नेपालको साथ छाडे पनि यी नेताहरुमध्ये अहिलेसम्म अष्टलक्ष्मी शाक्य मात्र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा खुलेर लागेकी छिन् । अन्य नेताहरुले खुलेर ओलीलाई समर्थन गरेका छैनन् ।



‘हामी एकताकै पक्षमा छौँ,’ ठाकुर गैरेले फरकधारलाई बताए ।




  • प्रकाशित मिति : भदौ २, २०७८ बुधबार २०:३८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया