सुनकोशी २ जलविद्युत आयोजना खारेज गर्न सांसद माझीको माग

राष्ट्रिय प्रजातन्त्र पार्टीकी बागमती प्रदेश सांसद रीता माझीले सुनकोशी २ जलविद्युत आयोजना खारेज गर्न माग गरेकी छिन् । बागमती प्रदेश सभाको विशेष समयमा बोल्दै सांसद माझीले सुनकोसी २ जलविद्युतले रामेछाप जिल्लाका शतप्रतिशत माझी समुदाय र अन्य स्थानीयवासीलाई विस्थापित पार्ने भएको भन्दै आयोजना खारेज गर्न माग गरेकी हुन् । 

माझी समुदायको ऐतिहासिक थातथलो, भाषा, धर्म, संस्कार, संस्कृति र सामाजिक संरचनाहरु तहसनहस हुने र यसको कुनै मूल्य नहुने भन्दै उनले खारेज गर्न माग गरेकी छिन् ।  सांसद माझीले आयोजना निर्माणमा त्यहाँका माझी समुदायको मन्जुरी र सहमति नभएको, आन्दोलन चलिरहेकोले यसमा नजर अन्दाज नगर्नसमेत चेतावनी दिएकी छिन् । 
 
कोभिड महामारीको तेस्रो सम्भावित खतरालाई मध्यनजर राख्दै तथा आगामी फागुनमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने वैधानिक बाध्यतालाई मध्यनजर गर्दै उपयुक्त र सर्वसुलभ तरिकाले कोभिडविरुद्धको खोप व्यवस्था गर्न पनि सांसद माझीले सरकारको ध्यानाकर्षण गराइन् ।
  
सांसद माझीले दलीय व्यवस्थालाई कमजोर र खलबल्याउने तरिकाले ल्याएको अध्यादेश फिर्ता हुनुपर्ने बताइन् । रामेछाप जिल्लाको रणजोर खोलाको शीर घ्याप्चे पहिरोले सदरमुकाम मन्थली र स्थानीय गाउँलाई सधैँ पिरोलिरहेको भन्दै उनले सोको समाधानको लागि अध्ययन गर्न संसदीय समिति गठन गर्नसमेत माग गरिन् ।





  • प्रकाशित मिति : भदौ २, २०७८ बुधबार २१:१३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया