मुख्यमन्त्री शाक्यले नियुक्त गरिन् दुई मन्त्री

बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दुई मन्त्रीलाई नियुक्त गरेकी छिन् । दुवै मन्त्रीले सपथ लिएका छन् ।

केहीबेरअघि मात्र सपथ लिएकी मुख्यमन्त्री शाक्यले बागमती प्रदेशको सामाजिक विकासमन्त्रीका रुपमा कृष्ण खनाललाई नियुक्त गरेकी हुन् । 

त्यस्तै, उनले केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भौतिक मन्त्रालयको जिम्मेवारी दिएकी छिन् ।

आजै मुख्यमन्त्री पदबाट डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्य मुख्यमन्त्रीमा नियुक्त भएकी थिइन् । आजै काठमाडौंमा चाहिँ नेकपा एमालेबाट छुट्टिएर माधवकुमार नेपालले नेकपा एमाले समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।





  • प्रकाशित मिति : भदौ २, २०७८ बुधबार २१:५०:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया