बागमती प्रदेशको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठक अहिले राति नै !

बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आजै पहिलो क्याबिनेट बैठक बोलाएकी छिन् ।

केही समयअघि मात्र उनले मुख्यमन्त्री पदको सपथ लिएकी थिइन् । उनले सपथसँगै दुई सदस्यीय मन्त्रिमण्डल पनि विस्तार गरेकी थिइन् । उनले मन्त्रिमण्डलमा दुई सदस्यलाई तीन मन्त्रालयको जिम्मेवारी दिएकी छिन् ।

बाग्मती प्रदेशमा मुख्यमन्त्री शाक्यले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी कृष्ण खनाललाई दिएकी छिन् । बाग्तमी प्रदेशका सामाजिक विकासमन्त्री बनेका खनाल यसअघि नेकपा एमालेमा माधवकुमार नेपाल पक्षमा थिए ।

त्यस्तै, शाक्यले केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भौतिक मन्त्रालयको जिम्मेवारी दिएकी छिन् । कानुनमन्त्री पाण्डे यसअघि नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षधरमा थिए ।

मुख्यमन्त्री शाक्य र यी दुवै मन्त्रीले आजै पदभार ग्रहण गर्दैछन् ।

पदभार ग्रहणलगत्तै उनीहरुले आजै पहिलो मन्त्रिपरिषद् बैठक बस्दै छ । आज विस्तारित मन्त्रिपरिषद्को बैठक आजै बोलाउनुको कारण चाहिँ नेकपा एमालेमा पछिल्लो समय देखिएको राजनीतिक उथलपुथल भएको अनुमान छ । 



आजै केन्द्रमा नेकपा एमालेबाट छुट्टिएर माधवकुमार नेपालले आफ्नो अध्यक्षतामा नयाँ दल नेकपा एमाले समाजवादी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।



  • प्रकाशित मिति : भदौ २, २०७८ बुधबार २२:४३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया