योगेश भट्टराई देखिए ओली पक्षमा !

नेकपा एमालेका नेता योगेश भट्टराई अन्ततः एमाले अध्यक्ष केपी शर्मा ओली पक्षमा देखिएका छन् । यसअघि मंगलबार सरकारले दल विभाजनका लागि सहज हुनेगरि अध्यादेश ल्याएपछि सामाजिक सन्जालमार्फत् योगेशले यसको विरोध गरेका थिए ।

यसअघि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको पक्षमा वकालत गरिरहेका योगेशले पछिल्लो समय पार्टी एकताका लागि आवाज उठाइरहेका थिए । तर, नेपालको चाहना र सल्लाहमा नै सरकारले दल विभाजनका लागि सहज हुने अध्यादेश ल्याएकोमा योगेशको असन्तुष्टि थियो ।

बुधबार नेकपा एमाले छोडेर नयाँ दल नेकपा एमाले समाजवादी दर्ता गर्न केन्द्रीय सदस्यहरुको नाममा भट्टराईको नाम नेपालले राखेका छैनन् ।

यसअघि ३ साउनमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा पनि भट्टराईले देउवालाई विश्वासको मत दिएका थिएनन् ।

त्यसअघि प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्दा भट्टराईनिकट नेता गणेश पहाडीलाई मन्त्री बनाएका थिए । पहाडी मन्त्री बनेपछि नै भट्टराईले नेपालको साथ छोडेको अनुमान हुन थालेको थियो ।

बुधबार बाग्मती प्रदेश सरकारमा मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएपछि भट्टराईले उनलाई बधाई पनि दिएका छन् । पहिले नेपाल पक्षमा वकालत गर्दै आएकी शाक्य एकाएक ओलीको समर्थनमा आएर मुख्यमन्त्री भएकी हुन् । उनलाई बधाई दिन भट्टराईले गरेको हतार र पछिल्लो समय नेपालका तर्कसँग उनले देखाएको असन्तुष्टिका कारण उनी नेपाल पक्षमा आएको अनुमान अब धेरैले गरेका छन् ।



त्यसो त यसबारे उनले मात्र होइन, नेपाल पक्षमा रहेर पार्टी एकताको पक्षमा आवाज उठाउँदै आएका अन्य नेताले पनि आधिकारिक धारणा बाहिर ल्याएका छैनन् ।



  • प्रकाशित मिति : भदौ २, २०७८ बुधबार २२:५८:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया