चीनबाट नेपाल आइपुग्याे ८ लाख डाेज भेराेसेल खाेप, थप ८ लाख पनि आजै आउने
फाइल फाेटाे

चीनबाट नेपाल सरकारले खरिद गरेकाे ६० लाख डाेज भेराेसेल खाेपमध्ये ८ लाख डाेज खाेप नेपाल आइपुगेकाे छ । 

गए राति नेपाल एयरलाइन्सकाे वाइडबडी विमानले खाेप काठमाडाैं ल्याएकाे हाे। नेपाल आइपुगेकाे खाेप टेकुस्थित खाेप भण्डारमा राखिएकाे स्वास्थ्य सेवा विभागले जनाएकाे छ ।

थप ८ लाख डाेज खाेप पनि आज बेलुका ८ बजे आउने बताइएकाे छ । विभागका अनुसार बाँकी ४४ लाख डाेज खाेप अगस्टकाे अन्तिममा आउनेछ ।

नेपालले यसभन्दा अगाडि चीनबाट ४० लाख डाेज भेराेसेल खाेप खरिद  गरिसकेकाे छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म १ कराेड १६ लाख ६० हजार १७० डाेज खाेप आइसकेकाे छ।

हालसम्म नेपालमा ३४ लाख ९० हजार ६६५ जनाले काेराेनाविरुद्ध पूर्ण खाेप लगाएका छन् भने ४६ लाख १६ हजार ९३६ जनाले पहिलाे डाेज लगाएका छन्।





  • प्रकाशित मिति : भदौ ३, २०७८ बिहीबार ११:२३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया