व्यक्ति होइन व्यवस्था, नेता होइन नीति, चालक होइन बाटो नै परिवर्तन गरौँ : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पछिल्लो राजनीतिक घटनाक्रमबाट संविधान र व्यवस्थाको औचित्यमाथि नै प्रश्नचिह्न खडा भएको बताएका छन् । 

पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितिले नगर अध्यक्षहरुसँग गरेको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले पात्र परिवर्तन गरेर प्रवृत्ति सुधार नहुने भएकोले व्यक्ति नभई व्यवस्था, नेता नभई नीति र चालक नभई बाटो नै परिवर्तन गर्नुपर्नेमा जोड दिए । अध्यक्ष थापाले संघीयता ,गणतन्त्र र धर्मनिरपेक्षताबारे पुनर्विचार हुनुपर्ने बताए। 

थापाले पछिल्लो अध्यादेश प्रकरणले दलीय प्रणालीलाई कमजोर बनाउने र राजनीतिक अस्थिरता बढाउने काम गरेको भन्दै सरकारको पछिल्लो कदमको तीव्र आलोचना गरे। सत्तारूढ दल कांग्रेस फेरि आत्मघाती र फोहोरी बाटोमा हिँडेको थापाको आरोप थियो । 

बैठकलाई सम्बोधन गर्दै थापाले पार्टीको महाधिवेशनसँगै स्थानीय निकाय निर्वाचनसम्बन्धी विशेष कार्ययोजना प्रस्तुत गरे । आगामी दिनमा क्षेत्र, नगर, वडासँगै बुथ कमिटी निर्माण प्राथमिकतामा पर्नुपर्ने भन्दै थापाले प्रशिक्षण, घरदैलो, जनताको माझ राप्रपा अभियान र जनपरिचालन सघन रुपमा सञ्चालन गर्नुपर्ने बताए। 

बैठकमा स्थानीय तह निर्वाचन परिचालन समितिका पदाधिकारी सदस्य, सचिवालय प्रमुख , नगर अध्यक्षहरु, स्थानीय निर्वाचनका प्रत्याशी र निर्वाचित जनप्रतिनिधिको सहभागिता थियो । 





  • प्रकाशित मिति : भदौ ३, २०७८ बिहीबार १६:५८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया