ओलीकै शैलीमा मुख्यमन्त्रीको निवासबाट बहिरिए डोरमणि
व्यवसायीको गाडीमा युवा संघको ‘स्कर्टिङ’

बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले  सरकारी निवास छाडेका छन् । ४२ महिनाभन्दा धेरै समय एकल बहुमतको सरकारको नेतृत्व सम्हालेका पौडेलले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकै शैलीमा सरकारी निवासबाट बाहिरिएका छन् । सरकारी निवास छाडेर निस्कँदै गर्दा उनलाई हेटौँडामा सयौँको संख्यामा रहेका मोटरसाइकल र केही निजी सवारीले स्कर्टिङ गर्दै हेटौंडा नगर परिक्रमा गराएर घर पुर्याएका थिए ।  

हेटौंडा–२ स्थित सरकारी निवास छाडेर पौडेल हेटौँडाका एक व्यवसायीको प्रदेश ३–०१–०२३च ०५७२ नम्बरको फोर्डको कालो ‘सनरुफ’ चढेर करिब ५ किलोमिटर पश्चिम नवलपुरस्थित आफ्नो निवासमा पुगेका हुन् । उनलाई अनेरास्ववियु, युवा संघ र अनेमसंघका कार्यकर्ताले स्कर्टिङ गरेर निवाससम्म पुर्याएका थिए ।  

डिएम सर आइलभ युको नारा

निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेललाई सरकारी निवासबाट निजी निवाससम्म पुर्याउँदासम्म  एमालेका कार्यकर्ताले ओलीलाई जसरी नै आई लभ युको नारा लगाएका थिए । युवा तथा विद्यार्थी नेताको अगुवाइमा ‘पार्टी एकता जिन्दावाद, नेकपा एमाले जिन्दावाद, डिएम  सर आई लभ यु, हाम्रो नेता कस्तो होस डिएम बाजस्तो होस्’जस्ता नारा लगाएका थिए । पौडेल सनरुफबाट टाउको निकाल्दै सरकारी निवासदेखि निजी निवाससम्म पुगेका थिए ।



प्रतिकूलताका बीच धेरै काम भएको दाबी  

सरकारी निवासबाट बाहिरिँदै गर्दा उनले सरकारले प्रतिकूलताका बीच धेरै काम गर्न सकेको दाबी गरे । ‘करिब साढे ३ वर्ष सरकार सञ्चालन गर्दा जनताको हितमा धेरै काम गर्न सकेको छु । हामीले जति  छोटो समयमा कुनै प्रदेश सरकारले पनि हामीले जति काम गर्न सकेका छैनन्,’ उनले भने, ‘हामीले शून्यबाट काम सुरु गरेका थियौँ, अहिले यो अवस्था छौँ ।’   



पौडेलले ०७४ माघ २४ गते मुख्यमन्त्रीको रुपमा नियुक्त भएर औपचारिक रुपमा जिम्मेवारी सम्हालेका थिए ।   तत्कालीन एमालेमा संसदीय दलको निर्वाचन हुँदा पौडेलले ३४ र शाक्यले २४ मत प्राप्त गरेका थिए । पौडेल नेतृत्वको सरकार गठन भएदेखि नै चर्को रुपमा विरोध गर्दै आएकी अष्टलक्ष्मी शाक्य बुधबार उनकै समर्थनमा  संसदीय दलको नेता हुँदै मुख्यमन्त्री भएकी छिन् । 

  • प्रकाशित मिति : भदौ ३, २०७८ बिहीबार १७:४७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया