जापानबाट बाँकी कोरोना खोप शनिबार र सोमबार काठमाडौं आइपुग्ने

जापानबाट आउन बाँकी एस्ट्राजेनेकाको कोरोना खोप शनिबार र काठमाडौं आइपुग्ने भएको छ। नेपालस्थित जापानी दूतावासले उक्त जानकारी दिएको हो।

जापानले १६ लाख १४ हजार ७४० डोज कोरोना खोप नेपाललाई अनुदान सहयोगस्वरुप उपलब्ध गराउने घोषणा गरेको थियो। सोही घोषणाअनुसार आधाजसो खोप केही दिनअघि काठमाडौं ल्याइएको थियो। बाँकी आधा खोप यही भदौ ५ र ७ गते काठमाडौं आइपुग्ने दूतावासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। 

‘खोप सहयोग नेपाल र जापानबीचको मित्रताको विम्ब हो। जापानले प्रतिबद्धता गरेभन्दा पनि बढी खोप अगस्टपछि उपलब्ध गराउनेमा म विश्वस्त छु,’ नेपालका लागि जापानी राजदूत किकुता युताकाले बताएका छन्।  





  • प्रकाशित मिति : भदौ ३, २०७८ बिहीबार १८:९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया