काठमाडौंमा शुक्रबारबाट ११ र १२ का विद्यार्थी, विश्वविद्यालयका परीक्षार्थी तथा ४० वर्षमाथिकालाई कोरोना खोप दिइने

काठमाडौं महानगरले कक्षा ११ र १२ का विद्यार्थीलाई शुक्रबारबाट  कोरोनाविरुद्धको भेरोसेल खोप वितरण गर्ने भएको छ । 

बिहीबार एक सूचना जारी गर्दै महानगरले शुक्रबारदेखि १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्वविद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीलाई पहिलो डोज खोप दिइने जनाएको छ ।  

शुक्रबारदेखि नै काठमाडौंमा ४० वर्षमाथिका नागरिकलाई पनि भेरोसेल खोपको पहिलो डोज दिइने महानगरले जनाएको छ ।

महानगरका अनुसार खोप अभियान महानगरका ३२ वटै वडामा भदौ ४, ५, र ८ गते सञ्चालन हुनेछ ।





  • प्रकाशित मिति : भदौ ३, २०७८ बिहीबार २१:५६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया