घनश्याम भुसालले भने– हामी विसर्जनतर्फ जाँदैछौँ

नेकपा एमाले नेता घनश्याम भुसालले आफ्नो पार्टीमा आएको विग्रहको कारणबारे सामाजिक सन्जाल फेसबुकमा लेखेका छन् । उनले आफ्नो पार्टीको मुख्य समस्या विचारहिनता वा सिद्धान्तहिनताबाट सुरु भएको बताएका छन् ।

नेकपा एमालेमा माधवकुमार नेपाल समूहका भुसाल नेपालले नेकपा एमाले समाजवादी पार्टी दर्ता चाहिँ नेपालसँग देखिएका छैनन् ।

त्यसो त यसअघि उनी नेकपा एमाले समाजवादीको महासचिव हुने विषयमा व्यापक चर्चा भएको थियो । तर, यो अड्कलबाजी र अफवाह भएको उनीनिकट एक नेताले बताएका छन् ।

शुक्रबार विहान फेसबुकमा चाहिँ भुसालले पार्टीमा संगठनात्मक विधि स्थापित गर्दा पार्टीमा देखिएका समस्या समाधानका लागि ढोका खुल्न सक्ने तर्क भुसालले गरेका छन् ।

‘त्यसमा पनि इमान्दार नहुँदा हामी तीव्ररुपमा विसर्जनतर्फ जाँदैछौँ,’ भुसालले लेखेका छन्, ‘जति धेरै बेइमानी त्यति धेरै सत्यानाश !’ अनि उनले अब फेरि पनि हस्तक्षेपको खाँचो रहेको बताएका छन् ।





  • प्रकाशित मिति : भदौ ४, २०७८ शुक्रबार ८:४३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया