बागमती प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलले सरकारी निवास छाडेका छन् ।
बिहीबार मुख्यमन्त्री कार्यालय छाडेर पाैडेल हेटाैँडा नवलपुरस्थित निजी निवासमा फर्किएका हुन् ।
पाैडेलले बागमती प्रदेशकाे मुख्यमन्त्रीकाे रूपमा ४२ महिना सरकार चलाएका थिए ।
पाैडेलले बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।
पाैडेलकाे राजीनामासँगै प्रदेशसभाकाे ठूलाे दल नेकपा एमाले संसदीय दलका नेतृ अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री भएकी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।