एक्स-नाइनमा अनुबन्धित भए राज कटुवाल

अभिनेता राज कटुवालले चलचित्र ‘एक्स-नाइन’मा अभिनय गर्ने भएका छन् । उनी यसै साता यो चलचित्रमा अनुबन्धित भएका हुन् ।

यो चलचित्रमा केही समयअघि मात्रै अभिनेता अनमोल केसी र सौगात मल्लले पनि औपचारिक सम्झौता गरेका थिए ।

मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको यो चलचित्र आगामी पुसको दोस्रो साताबाट छायांकनमा जाने छ । क्यानडा, यूरोप र नेपालका विभिन्न स्थानमा छायांकन हुने यो चलचित्र गोल्डेन हिल्स पिक्चरको ब्यानरमा निर्माण हुन लागेको हो ।

चलचित्रको कथा तथा पटकथा निर्देशक भट्टले नै लेख्ने छन् । यो चलचित्रमा राजिव तामाङ, विरेन कुँवर, सुबोध भट्ट र गोकुल कुँवरले सयुक्त रूपमा लगानी गर्नेछन् । चलचित्र नेटफ्लिक्समा रिलिज गर्ने योजनासहित निर्माण हुन लागेको हो ।
 





  • प्रकाशित मिति : भदौ ४, २०७८ शुक्रबार १३:५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया