बाराकाे जितपुर-सिमरा उप-महानगरपालिका-२२ स्थित सडकमा ना.६ ख ४६४१ नम्बरको बसले बागमती प्रदेश ०३-००१ प ४११ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिई दुर्घटना हुँदा बस चालक मकवानपुर हेटौँडा उपमहानगरपालिका-८ कमाने बस्ने ४९ वर्षीय धर्मराज रेग्मीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको चुरेहिल अस्पतालमा उपचारको क्रममा क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ३ जनाको चुरेहिल अस्पताल, ३ जनाको अर्थोपेडिक अस्पताल हेटौँडा र २ जनाको सन्चो अस्पताल हेटौँडामा उपचार भइरहेको छ ।
नवलपरासी (पूर्व)काे कावासोती नगरपालिका-२ खरकट्टा जङ्गलस्थित सडकमा ना.२ ख ७५५५ नम्बरको ट्रक र लु.४६ प ४७५८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा बिहीबार साँझ मोटरसाइकल चालक मध्यविन्दु नगरपालिका-३ बस्ने २१ वर्षीय अमर अधिकारीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १९ वर्षीय ममता खाणको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङकाे विराटनगर महानगरपालिका-७ आरके मलस्थित सडकमा ना.७ ख ३१३ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय जनक बस्नेतको बिहीबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।