अफगानिस्तानमा फसेका नेपालीको सकुशल उद्धार गर्न प्रभावकारी कदम चालः मानवअधिकार तथा शान्ति समाज

मानवअधिकार तथा शान्ति समाजले अफगानिस्तानमा फसेका नेपाली नागरिकको सकुशल नेपाल फिर्तीका लागि प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरेका छन् । 

मानवअधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले आज गृहमन्त्री बालकृष्ण खाँणसँग भेटी उक्त विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् । 

‘अफगानिस्तानमा तालिबानद्वारा सत्ता कब्जा पश्चात विकसित घटनाक्रमका कारण त्यहाँ फसेका सबै नेपाली नागरिकहरुको उद्धार र सकुशल नेपाल फिर्तीका लागि आवश्यकता अनुसार अन्य मुलुकहरूसँग समेत समन्वय र सहकार्य गरि प्रभावकारी कदम चाल्न शान्ति समाजले आग्रह गरेको हो,’ समाजद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  

यसैगरी सोही भेटमा कोभिड–१९ को रोकथामका लागि सबै नागरिकलाई समयमै खोप उपलब्ध गराउन समेत समाजले सरकारको ध्यानाकर्षण गरेको थियो । 
भेटमा समाजले आणविक हतियार निषेध सन्धि लगायत विभिन्न अन्तर्राष्ट्रिय सन्धिहरु शिघ्र अनुमोदन गर्न पनि आग्रह गरेको थियो । 

प्रतिनिधिमण्डलमा समाजका सभापति गोविन्द खनाल, सल्लाहकार होमकान्त चौलागाई, महासचिव रामकृष्ण बराल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्य विष्णु भुषाल र काठमाण्डौ शाखा सभापति ईश्वर पुडासैनी संलग्न थिए । 





  • प्रकाशित मिति : भदौ ४, २०७८ शुक्रबार १७:१:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया