नेकपा एमालेका नेता भीम रावलले सरकारले राजनीतिक दल विभाजनका लागि सहज हुने गरि ल्याएको अध्यादेशको विरोध गरेका छन् ।
उनले यसअघि संविधान जारी हुँदा स्थायित्वको लागि ४० प्रतिशत केन्द्रीय सदस्य वा सांसद भए मात्र दल विभाजन गर्न पाउने उल्लेख गरिएकोमा अहिले यसलाई घटाएर २० प्रतिशत बनाएको भन्दै विरोध गरेका हुन् ।
उनले यसको खारेज हुनु पर्ने माग पनि गरेका छन् ।
त्यस्तै, रावलले अब आफूहरुले नेकपा एमाले एक हुनु पर्ने माग गरेका छन् । उनले आफूहरुले पार्टी एक बनाएर अगाडि बढाउन खोजेको पनि बताएका छन् ।
यसअघि माधवकुमार नेपाल पक्षधर रावल नेपालले निर्वाचन आयोगमा नयाँ दल दर्ता गराएपछि चाहिँ उनको समूहमा देखिएका छैनन् । नेपालको साथ छोडे पनि उनी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षमा खुलिसकेका चाहिँ छैनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।