जापानले नेपाल सरकारलाई काेभ्याक्स सुविधामार्फत् उपलब्ध गराएकाे अस्ट्राजेनेका खाेप नेपाल भित्रिएकाे छ ।
शनिबार बिहान १६ लाख डाेज खाेपमध्ये २ लाख ८ हजार ७०० डाेज नेपाल भित्रिएकाे हाे ।
१६ लाख डाेजमध्ये ९ लाख डाेज खाेप पहिल्यै आइसकेकाे छ । बाँकी खाेप साेमबार आउने स्वास्थ्य सेवा विभागले जनाएकाे छ ।
यसअगाडि आएकाे ९ लाख डाेज खाेप चैतमा कोभिसिल्डको पहिलो डाेज लगाएका ६५ वर्षमाथिका नागरिकलाई लगाइएकाे छ।
शुक्रबारसम्म ३७ लाख ९९ हजार १७८ जनाले काेराेनाविरुद्ध पूरा डाेज खाेप र ४९ लाख ७ हजार ५२३ जनाले पहिलाे डाेज लगाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।