(सम्पादकीय नाेट :१४ औँ महाधिवेशनको काउन्टडाउन सुरु हुँदै गर्दा यतिबेला नेपाली कांग्रेसभित्र राजनीतिक सरगर्मी बढेको छ । पार्टी सभापतिदेखि केन्द्रीय समिति, प्रदेश, जिल्ला हुँदै वडास्तरसम्म यतिबेला कांग्रेसलाई महाधिवेशनले छोपेको छ ।
अब कांग्रेसले पाउने नेतृत्व कस्तो होला ? र, महाधिवेशनपछिको कांग्रेस कस्तो होला ? भन्ने प्रश्न जनमानसमा छ । त्यसो त कांग्रेस केन्द्रीय तहका नेताहरुलाई तल्लो तहका नेताले सुझाब पनि दिइरहेका छन् ।
फरकधारको यो शृंखलामा हामीले कांग्रेसका जिल्ला सभापतिहरुसँग महाधिवेशनपछिको कांग्रेस कस्तो हुनुपर्छ ? र, युवा नेतृत्वको सम्भावना के छ ? भनी सोध्ने छौँ । यसै क्रममा नेपाली कांग्रेस पाल्पाका सभापति वीरबहादुर रानालाई हामीले यो शृंखलामा प्रस्तुत गरेका छौँ । )
मुख्य कुरा त अधिवेशन एउटा नियमित प्रक्रिया हो । यो अधिवेशनबाट व्यक्ति मात्र परिवर्तन हुनुहुँदैन । यो विचारको नेतृत्व देखिने बेला पनि हो । जुन विचारले आमनागरिकलाई विश्वासमा पनि लिन सक्नुपर्छ । पार्टीलाई पनि चलायमान र सशक्त बनाउने नेतृत्व खोजिनुपर्छ । प्रत्येक वडादेखि नै यो खालको नेतृत्व स्थापित गर्नका लागि हामी लागिपरेका छौँ ।
अहिले जनताको जीवनस्तरलाई हेरेर सांगठनिक संरचना बदल्नपर्ने बेला छ । युवा, महिला र हरेक जातजातिको नेतृत्व गर्नसक्ने वैचारिक नेतृत्व अहिलेको आवश्यकता हो ।
युवा नेतृत्वको बहस
कांग्रेसमा युवा नेतृत्वको बहस चलिरहन्छ । एउटा कुरा के भने, युवा वा बुढा भन्नुभन्दा पनि हरेकको लगाव र क्रियाशीलताको विषयलाई मापदण्ड बनाउनुपर्छ । क्षमता भएको नेतृत्व चाहिन्छ । युवाहरुलाई कहाँ राख्ने भन्ने विषयमा पनि छलफल जरुरी छ । हरेक क्षेत्रका मानिसलाई समेटेर अघि बढ्नसक्ने नेतृत्व चाहिएको छ ।
संगठन संगठनको रुपमा स्थापित गर्नका लागि महिला, युवा, क्रियाशील, हरेक जातजाति क्षेत्र र लिंगका मानिसलाई समेट्ने नेतृत्व हुनुपर्छ । त्यो क्षमता युवा वा बुढा दुवैमा देखिन सक्छ ।
परिवारवादको समस्या
कुनै पनि व्यक्तिको लगानी वा त्याग तपस्यालाई अवलमूल्यन गर्न हुँदैन । उसको लगानीका आधारमा पाउने भूमिकाबारे गलत अर्थ लगाइनुहुँदैन ।
हिजो प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसलाई आज थप जिम्मेवार बन्नुपर्ने बेला छ । स्वाभाविक रुपमा अहिलेको परिस्थिति विषम छ । कोरोना र वर्षाका कारण अहिले एक ठाउँबाट अर्को ठाउँमा जानसक्ने अवस्था छैन । संविधानले दिएको सुविधा हामीले प्रयोग गरिरहेका छौँ । त्यसकारण पनि अहिले अधिवेशनको विकल्प छैन ।
महाधिवेशनकाे सन्दर्भमा
करिब दुईतिहाइ नजिक पुगेको कम्युनिस्टभित्रको समस्याका कारण देशको नेतृत्व गर्ने जिम्मेवारी पनि कांग्रेसको काँधमा आइपुगेको छ । हामीले हिजो जसरी कांग्रेसको नेतृत्वमा संविधान निर्माण गर्यौं, त्यसको रक्षाका लागि पनि हामी बाहिर जाने अवस्था रहेन । विगतका सरकारका कमी–कमजोरीबाट पाठ सिक्दै कांग्रेस अघि बढ्नुपर्नेछ । रोग र भोकको चुनौतीका बीच अहिले कांग्रेसले आमनागरिकलाई खोपको व्यवस्थापन गर्ने काम छ । यहाँका श्रमिकलाई सम्बोधन गर्ने काम कांग्रेसले गर्नुपर्छ ।
यो संविधानलाई अक्षरशः रक्षा गर्ने जिम्मेवारी कांग्रेसको काँधमा छ । नयाँ शिराबाट कांग्रेस अघि बढ्नुपर्ने बेला छ । जहिले पनि अधिवेशनका बेला क्रियाशील सदस्यताको विवाद कुनै न कुनै ढंगबाट आइरहेको छ । यो राम्रो होइन । त्यसकारण हरेक व्यक्ति जिम्मेवार ढंगबाट लाग्नुपर्नेछ ।
क्रियाशील सदस्यतामा बढी नै तानातान गर्नुपर्ने अवस्था देखिएकाले यसलाई अन्त्य गर्नुपर्ने बेला आएको छ । हरेक जिम्मेवार नेताले अधिवेशनबाट राम्रा मान्छे आउने वातावरण बनाउनुपर्छ । जसको कुनै भूमिका नै छैन त्यस्ता व्यक्तिलाई स्थापित गर्न लागियो भने त्यो राम्रो हुँदैन । यसलाई सल्टाएर अघि बढ्नुपर्छ ।
यही सिरिजमा यसअघि प्रकाशित अन्य जिल्ला सभापतिका यी विचार पनि पढ्नुहाेस्–
कांग्रेस नेतृत्वले हेक्का राखोस्, हराउने–जिताउने हाम्रो हातमा छ–कास्की सभापति
कांग्रेसको मान्यता र सिद्धान्त करेक्सन गर्न आवश्यक छ– तनहुँ सभापति
युवा र ऊर्जाशील व्यक्तिलाई नेतृत्वमा अघि सार्नुपर्छ–लमजुङ सभापति
राजनीतिमा युवाको आवश्यकता छ, तर पुरानाको त्याग र तपस्यालाई बिर्सन हुँदैन– बारा सभापति
पार्टी ठूलो बनाउने नाममा जुनसुकै आस्थाका मानिसलाई भित्र्याउँदा विचलन आएको छ– रसुवा सभापति
म आह्वान गर्छु : सबै युवा मिलेर नयाँ नेतृत्वका लागि सोचौँ– मोरङ सभापति
क्रियाशीलताको विवाद अन्त्य नभए महाधिवेशनमा भाग लिँदैनौं– कपिलवस्तु सभापति
तेरो र मेरो भनेर क्रियाशीलको फाइल नै खोलिएन– सप्तरी सभापति
परिवारवादको विरोधमा सबै कांग्रेसीजन उभिनुपर्छ-सिरहा सभापति
‘भदौमा महाधिवेशन गर्न विधान संशोधन हुनुपर्छ’–गोरखा सभापति
विधान संशोधनका कारण महाधिवेशन हुन सकेन– ओखलढुंगा सभापति
‘अधिवेशन गर्न नसक्नु केन्द्रीय कमिटी र सभापतिको कमजोरी हो’–उदयपुर सभापति
‘वैधानिकता जोगाउनु ठूलो समस्या होइन’–ताप्लेजुङ सभापति
पार्टीमा युवा उमेरको आधारमा होइन, विचारको आधारमा हुनुपर्छ– पाँचथर सभापति
‘उमेरले होइन विचार र दृष्टिकोणले युवा नेतृत्व छान्नुपर्छ’–तेह्रथुम सभापति
‘वंशको आशीर्वाद होइन, कर्मको हिसाबमा नेतृत्व छनोट हुनुपर्छ’– चितवन सभापति
‘१४ औँ अधिवेशनबाटै युवाहरु आउँछन् भन्ने मैले देखेको छैन’– सर्लाही सभापति
‘पाका नेतृत्वसँगै पुस्तान्तरण जरुरी छ’– सिन्धुली सभापति
‘अर्काको फेरो समाएर नेतृत्वमा पुग्न सकिँदैन’– दोलखा सभापति
पार्टीको वैधानिकताका लागि पनि त्याग गर्न सक्नुपर्छ– रामेछाप सभापति
युवामा क्षमता देखिनुपर्यो, अनि मात्र नेतृत्वमा दाबी गर्नुपर्छ – पर्सा सभापति
चार वर्षमा हुनुपर्ने महाधिवेशन पाँच वर्षमा पनि गर्न नसक्ने यो कस्तो नेतृत्व ?—नुवाकोट सभापति
‘कांग्रेसको इतिहास संरक्षण गर्ने नेतृत्व आवश्यक छ’— काठमाडाैं सभापति
‘हामी संकटपूर्ण महाधिवेशनको मुखमा छौँ’— काभ्रेपलान्चाेक सभापित
‘युवाहरुले धारणा नबदल्ने हो भने नेतृत्वमा आउँदैनन्’— भक्तपुर सभापत
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।