१ हजार ९ सय २० संक्रमित थपिए, २४ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोनाभाइरस कोभिड १९ का १ हजार ९ सय २० संक्रमित थपिएका छन् ।

कुल १२ हजार ५ सय १६ नमुना परीक्षण गर्दा पिसिआरतर्फ १ हजार ७ सय २ र एन्टिजेनतर्फ २१८ संक्रमित थपिएका हुन३ । 

देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु भएको छ ।

यस अवधिमा निको हुने र अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २ हजार २ सय ४८ छ ।





  • प्रकाशित मिति : भदौ ६, २०७८ आइतबार १७:३३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया