रुस, चीन र इरानले अफगानिस्तानको अवस्थाको फाइदा उठाउनेछन् : टोनी ब्लेयर

बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयरले रुस, चीन र इरानले अफगानिस्तानको अवस्थाको फाइदा उठाउने बताएका छन् । 

उनले अफगानिस्तानबाट अमेरिकी सैनिकको फिर्तीलाई पनि कडा आलोचना गरेका छन् । उनले यस्तो कदमले जिहादी गुटको हिम्मत अझै बढ्ने बताए ।

बीस वर्ष पहिला टोनी ब्लेयरको प्रधानमन्त्रीत्वकालमा बेलायतले अफगानिस्तानमा आफ्नो सेना पठाएको थियो । 

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गरेको भन्दै अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पनि कडा आलोचना गर्दै जो बाइडेनले राष्ट्रपति पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए ।

अमेरिकाले सैनिक फिर्ता गरेका कारण बाइडेन लगातार आलाेचित हुँदै आइरहेका छन् । 

धेरै मानिसले अमेरिकाले हारेकाे प्रतिक्रिया दिइरहेका छन् । 





  • प्रकाशित मिति : भदौ ६, २०७८ आइतबार १८:३१:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया