माधव नेपालसहित १४ जनामाथिको कारबाही फिर्ता हुँदैन, सके विद्राेह गरे हुन्छ : सूर्य थापा

नेकपा एमालेका प्रचार विभाग उपप्रमुख सूर्य थापाले माधवकुमार नेपालसहित १४ जना सांसदमाथि गरिएको कारबाही पनि फिर्ता नहुने बताएका छन् । ।

आइतबार हिमालय टेलिभिजनको कार्यक्रम समय सन्दर्भमा बोल्दै थापाले भीम रावलसहित ५७ जनाले दिएको अल्टिमेटमको कडा प्रतिकार गरेका छन् । थापाले १० बुँदे सहमति कार्यान्वयन भइसकेको भन्दै थापाले सके विद्रोह गरेर देखाउन चुनौती दिएका छन् । 

भीम रावल, घनश्याम भुसाललगायतका एकतावादी नेताहरुले अध्यक्ष केपी शर्मा ओलीलाई दिएको अल्टिमेटमप्रति लक्षित गर्दै उनले एकता चाहेको कि विभाजन ? भनेर प्रश्न गरेका छन् । 

माधव नेपालले पार्टी छाडेर केही नभएको भन्दै थापाले दल विभाजन हुने गरी सरकारले ल्याएको अध्यादेशको विरोध नगरेको भन्दै एकता पक्षधर नेताहरुप्रति आपत्ति जनाए । 

भीम रावलसहितका नेताले भदौ ८ गतेसम्म १० बुँदे सहमति कार्यान्वयन नगरे विद्रोह गर्ने चेतावनी दिएका छन् । ओलीनिकट थापाको सो अभिव्यक्तिलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

केही दिनअघि एमाले अध्यक्ष ओलीले पनि रावललगायतलाई लक्षित गर्दै पिलो निचोरिए पनि खिल बाँकी रहेको भन्दै कटाक्ष गरेका थिए ।   
 





  • प्रकाशित मिति : भदौ ६, २०७८ आइतबार २१:५:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया