अफगानिस्तानबाट फर्किए ५०४ नेपाली, ३५६ जना उद्धारको पर्खाइमा

द्वन्द्वग्रस्त अफगानिस्तानबाट हालसम्म ५०४ जना नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको छ । परराष्ट्र मन्त्रालयका अनुसार उनीहरुलाई बिभिन्न मित्रराष्ट्रहरूको सहयोगमा उद्धार गरी नेपाल ल्याइएको हो । 

‘अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकहरू नेपाल फर्कने प्रकृया जारी रहेको छ । हालसम्म कूल ५०४ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाण्डौ आइपुग्नु भएको छ,’ परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत भनेको छ । 

अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन, र नयाँदिल्लीमा रहेका नेपालीहरूलाई काठमाण्डौसम्म ल्याउनको लागि समन्वय र सहजीकरण भइरहेको परराष्ट्रले जनाएको छ । 

परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागको वेब पोर्टलमा आइतबार साँझ ५ बजेसम्म ३५६ जना नेपालीहरूले उद्धारको लागि आफ्नो नाम दर्ता गरेका छन् । 





  • प्रकाशित मिति : भदौ ७, २०७८ साेमबार १०:५३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया