सन् २०१८ मा रिलिज भएको कन्नड फिल्म केजिएफ : च्याप्टर- १ ले दर्शकमा गहिरो प्रभाव पारेको थियो । पहिलो च्याप्टरपछि फ्यानहरू दोस्रो च्याप्टरको पर्खाइमा बसिरहेका छन् ।
फिल्मले रिलिज डेट घोषणा गरेको छ । फिल्म सन् २०२२ को अप्रिल १४ रिलिज हुनेछ । यशले ट्वीट गर्दै उक्त कुराको जानकारी दिएका हुन् ।
च्याप्टर- २ मा पनि यश र श्रीनिधी शेट्टी शीर्ष भूमिकामा देखिनेछन् । पहिलो च्याप्टरभन्दा दोस्रो च्याप्टर अझ रोचक हुनेछ । किनभने च्याप्टर- २ मा संजय दत्त र रवीना टण्डनको पनि अभिनय देख्न पाइनेछ ।
संजय दत्त खलनायकको भूमिकामा देखिनेछन् । उनको लुक्स यसभन्दा अगाडि आइसकेको छ ।
कन्नड भाषामा बनेको यो चलचित्र हिन्दी, तेलगू, तमिल र मलयालम भाषामा पनि रिलिज हुनेछ । फिल्मलाई प्रशान्त नीलले निर्देशन गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।