‘नेपाललाई साथ नदिएका’ नेताहरु ओली भेट्न बालकोटमा

नेकपा एमालेमा माधवकुमार नेपाललाई साथ नदिएका नेताहरु एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । एमालेमा नेपाल पक्षका स्थायी कमिटीका सदस्यहरु ओलीलाई भेट्न आज विहान बालकोट पुगेका हुन् ।

नेपाल पक्षका यी नेताहरुले केही दिनअघि निर्वाचन आयोगमा नेपालले नयाँ दल नेकपा एकीकृत समाजवादी दर्ताका लागि निवेदन दिँदा नेपाललाई साथ दिएका थिएनन् ।

उनीहरुले त्यसपछि एक भेला गरेर यसअघि बनेको नेकपा एमालेको कार्यदलले दिएका १० बुँदे सुझाव कार्यान्वयन गर्नु पर्ने माग गरेका थिए । १० बुँदे सुझाव अक्षरशः कार्यान्वयन भएको खण्डमा मात्र उनीहरुले एमाले एकता कायम राख्न सकिने बताएका थिए ।

यही भेलामा उनीहरुले अध्यक्ष ओलीलाई यी बुँदा कार्यान्वयन गर्न सोमबारसम्मको अल्टिमेटम पनि दिएका थिए । 

यो भेलामा नेपाललाई पनि नयाँ दल दर्ताको प्रक्रिया रद्द गर्न अनुरोध गरेका थिए । गत साता नेपाल पक्षका ९७ जना केन्द्रीय सदस्यले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् । आयोगले उनीहरुलाई सनाखतका लागि ९ भदौमा निर्वाचन आयोगको कार्यालयमा बोलाएको छ ।

नेपाल पक्ष छाडेका यी नेताहरुले मंगलबारसम्म पनि कुनै सहमति ननिस्किए एमाले विभाजनको विकल्प नहुने बताएका छन् ।



‘यही विषयमा छलफल गर्न हामी बालकोट आएका हौँ,’ ओली भेट्न पुगेका एक नेताले फरकधारलाई बताए, ‘हामीले १० बुँदे अक्षरशः पालना भएको खण्डमा अझै पनि एमाले एकता कायम गर्न सक्छौँ ।’



  • प्रकाशित मिति : भदौ ७, २०७८ साेमबार १३:१९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया