नेपाल छाडेका नेताहरुले ओलीसँग सहमति गरे, एमालेले भोलिलाई बोलायो स्थायी कमिटी बैठक

यसअघि नेकपा एमालेमा माधवकुमार नेपालनिकट स्थायी कमिटी सदस्यहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहमति गरेका छन् । सोमबार विहान ओलीनिवास बालकोटमा भएको बैठकमा यी नेताहरुले यसअघि बनेको कार्यदलले दिएको १० बुँदे कार्यान्वयनका लागि अध्यक्ष ओली तयार भएको भन्दै सहमति गरेका हुन् ।

आज भएको सहमतिअनुसार अब भोलि एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । यो बैठकमा यसअघि नेपालसँग निकट रहेका नेताहरुको पनि सहभागिता हुने भएको छ ।

‘यो स्थायी कमिटी बैठक १० बुँदे कार्यान्वयन गर्ने मोडालिटी बनाउनका लागि बोलाइएको हो,’ एमाले सचिव योगेश भट्टराईले भने, ‘१० बुँदेलाई अक्षरशः पालना गर्ने सहमति भएको छ । तर, अब यसलाई कार्यान्वयन गर्दा कुन ढाँचा प्रयोग गर्ने भन्नेबारे छलफल भोलिको स्थायी कमिटी बैठकमा गरिने छ ।’

उनले भोलिको बैठकबाट नयाँ दल दर्ताका लागि निर्वाचन आयोग गएको नेपाल समूहलाई पनि पार्टीमा एकताका लागि आउन अनुरोध गरिने बताएका छन् ।

‘विभाजनमा कोही पनि जानु हुँदैन,’ उनले भने, ‘कसैमाथि अन्याय हुँदैन भन्ने सुनिश्चितता भोलिको बैठकले गर्नेछ, सबैजना एमालेमा फर्किनु पर्ने आग्रह हामी गर्नेछौँ ।’

नेपालले आफूहरुले दिएको सल्लाह बमोजिम नभएर एक्लै गएर पार्टी दर्ताका लागि निवेदन दिएको पनि भट्टराईले बताएका छन् ।





  • प्रकाशित मिति : भदौ ७, २०७८ साेमबार १५:०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया