प्रचण्डलाई पनि भेटे भाजपाका विदेश विभाग प्रमुखले

भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालाले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । 

शनिबार नेपाल भ्रमणमा आएका चौथाइवालेले नेपालका विभिन्न शीर्षस्थ नेताहरुसँग भेट गरिरहेका छन् । सुरुमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका उनले सोमबारै एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेटेका थिए । 

भारतीय जनता पार्टीका नेता एवं विदेश विभाग प्रमुख डा. विजय चौथाइवालाले प्रचण्डसँग आज औपचारिक भेटघाट गरेको उनको सचिवालयले जानकारी दिएको छ । 

भेटका क्रममा नेपाल–भारत सम्बन्ध र पार्टी–पार्टीबीचको सम्बन्धलाई अझ बलियो बनाउनेबारे सकारात्मक र उत्साहपूर्ण छलफल भएको प्रचण्डको सचिवालयले दाबी गरेको छ । 





  • प्रकाशित मिति : भदौ ७, २०७८ साेमबार २०:१४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया