क्यान्सर पीडितलाई नेविसंघको पहलमा आर्थिक सहयोग

नेपाल विद्यार्थी संघले अर्घाखाँची निवासी बोनम्यारो क्यान्सरबाट पीडित भई उपचाररत गणेश खनाललाई आर्थिक सहयोग गरेको छ ।

दुर्गा भवानी उच्च माध्यमिक विद्यालय सैनामैना १ रुपन्देहीमा कक्षा ११ मा अध्ययनरत अर्घाखाँचीका गणेश खनाल बोनम्यारो क्यान्सरको उपचार गराइरहेकोमा भक्तपुर क्यान्सर अस्पताल पुगेर नेपाल विद्यार्थी संघले २ लाख ७ हजार ३४७ रुपैयाँ आर्थिक सहयोग गरेको हो । 

हाल अष्ट्रेलियामा रहेका नेविसंघसँग आबद्ध प्रशान्तजंग कुँवरलगायतका नेविसंघका विद्यार्थीले संकलन गरेर पठाएको रकम नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री तथा नेपाली कांग्रेसका नेता कुन्दनराज काफ्लेले बिरामीकी आमा शान्ता खनाललाई हस्तान्तरण गरेका हुन् । 

आमा खनालले छोरोको उपचार अस्पतालमा भइरहेको भन्दै उपचारका लागि लाग्ने रकम अभाव भएको बताएकी छिन् । नेविसंघ पूर्वमहामन्त्री काफ्लेले बिरामीको उपचारका लागि अस्पतालसँग आफूहरुले कुरा गरेर सहजीकरण गर्ने बताए । 





  • प्रकाशित मिति : भदौ ७, २०७८ साेमबार २०:२१:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया